शंखमुलमा समानान्तर एमालेको पिपुल्स भोलेन्टियर गठन « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

शंखमुलमा समानान्तर एमालेको पिपुल्स भोलेन्टियर गठन

प्रकाशित मिति :  २३ श्रावण २०७८, शनिबार १६:३०


नेकपा (एमाले) को माधव नेपाल समूहले रामेछाप अन्तर जिल्ला कमिटी भेला तथा पिपुल्स भोलेन्टियर गठन गरेको छ । आज काठमाण्डौं महानगरपालिका ३१ शंखमूल स्थित ए वन पार्टी प्यालेसमा कमिटी तथा भोलेन्टियर गठन कार्यक्रम भएको हो ।

दिउँसो करिब साढे २ बजेदेखि युवा संघ नेपाल निर्वाचन परिचालन समितिका अध्यक्ष तीर्थलाल श्रेष्ठको सभापतित्व,नेकपा एमालेकीे केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यता, नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल,रामेछाप जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको विशिष्ठ आतिथ्यतामा कार्यक्रम शुरु भएको हो ।

कार्यक्रममा नेकपा एमाले रामेछापका सचिव ज्ञानकुमार श्रेष्ठ,युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी,युवा संघ नेपाल रामेछापका अध्यक्ष संगम खड्का,पिपुल्स भोलेन्टियर इन्चार्ज सञ्जिप राईलगायतको उपस्थिति रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !