पूर्वप्रधानमन्त्रीलाई परेको योचाहिँ पीडा

पूर्वप्रधानमन्त्रीलाई परेको योचाहिँ पीडा

प्रधानमन्त्रीबाट हटेपछि केपी ओली अहिले समस्यामा पर्नुभएको उहाँलाई भेट्नेहरुले भन्ने गरेका छ्न । यस्तो किन पनि भयो भने उहाँले जातेजाते अर्बौं रकमको चलखेल भएका विषयमा निर्णयहरु गर्नुभएको थियो, जुन खारेजीको खतरामा छ । सरकार छाड्नुभन्दा पाँच दिनअघि, असार २४ गते झापाको गिरिबन्धु टि इस्टेटसम्बन्धी एउटा निर्णय गराउनुभयो । उक्त बैठकले गिरिबन्धुलाई कम्पनी स्थानान्तरणका नाममा हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिने निर्णय गरेको थियो ।

झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकामा २ सय ८० बिघा जमिन गिरिबन्धुको नाममा छ । राजाकै शासनका बेला महंगो मूल्यको उक्त जमिन बेचेर दुर्गमको सस्तो ठाउँमा कम्पनीका लागि खरिद गर्ने योजना बनेको हो । त्यसका लागि पूर्व–पश्चिम राजमार्गको उत्तर र दक्षिणमा करिब पाँच–पाँच सय मीटर जग्गा जोडिएको छ, जसको कट्ठाकै कम्तीमा एक करोड मूल्य पर्छ ।

कम्तिमा ३३ अर्ब ६० करोडको जग्गा बिक्री गर्ने योजना थियो । यसका लागि ओलीका मन्त्रीहरु पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे र लीलानाथ श्रेष्ठसम्मले ऐन संशोधनदेखि मन्त्रिपरिषद्बाट सहमति दिलाउनसम्मका काममा सहयोग पु¥याए । तर, यत्रो योजना चकनाचुर हुने खतरा बढेको छ । र, यस्ता थुप्रैै मामिला खत्तम हुने भएपछि ओलीमा तनाव बढेको देखिन्छ ।

एमाले नेताहरु भन्छन्– ओली सरकार सामूहिकता नभएको एकल निजी सरकार थियो । उसले दलाल पुँजिपतिहरुको हित हेर्ने काम ग¥यो । यति होल्डिङ्सलाई पोसेर शुरु भएको उसको कार्यकाल गिरिबन्धुसम्मलाई फाइदा दिने काममा केन्द्रित भयो ।

यसबीच दीपक भट्ट, सुरज वैद्यहरु सदावहार हावी रहे । यो विषय ‘समाजवादउन्मुख’ नेपालका निम्ति ठट्टाको कुरा भएको छ । किनभने, माक्र्सले सर्वहारा वर्गद्वारा गरिने समाजवादी क्रान्ति पुँजीवादको चरम विकास भएको औद्योगिक राष्ट्रमा मात्र स्वाभाविक र सम्भव हुने विश्लेषण गरेका थिए ।

नेपाल त्यस्तो मुलुक होइन । सीमित नाफाखोर बुर्जुवाको हातमा पुँजी केन्द्रिकरण र जनसंख्याको अधिकतम भाग शोषित सर्वहारामा परिणत हुने त्यस्ता राष्ट्रमा सर्वहारावर्गको सामूहिक शक्ति ठूलो भइसकेपछि तिनलाई पुरानो आर्थिक–राजनीतिक सम्बन्ध स्वीकार्य हुँदैन र समाजवादी क्रान्तिको वस्तुगत अवस्था सिर्जना हुन्छ ।

तर, नेपालमा क्रान्तिको यो वस्तुगत अवस्थाभन्दा ठीक विपरित दलाल पुँजिपति वर्गलाई पोस्ने र वर्ग समन्वयका नाममा कम्युनिष्ट आदर्शलाई समाप्त पार्ने काम भएको दुखेसो एमाले नेताहरु नै पोख्ने गर्दछन् ।

टिप्पणीहरू