पहिरो हेर्न हेलिकप्टर चढेर प्रचण्डसहितको टोली मनाङमा

पहिरो हेर्न हेलिकप्टर चढेर प्रचण्डसहितको टोली मनाङमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको हेलिकप्टर लिएर मनाङ्ग पुग्नुभएको छ । बाढी पहिरोले क्षतिग्रस्त हिमाली जिल्ला मनाङ्गका विभिन्न ठाउँको अवलोकन तथा निरीक्षणका लागि प्रचण्ड आज बिहान त्यसतर्फ जानुभएको हो ।

बाढी,पहिरो अवलोकनका लागि प्रचण्डसँगै उर्जामन्त्री पम्फा भुसाल पनि मनाङ्ग पुग्नुभएको छ । प्रचण्ड र भुसालसहित अन्य १७ जना सेनाको हेलिकप्टर चढेर मनाङ्ग पुगेको बताइएको छ ।

अवलोकन भ्रमणका क्रममा प्रचण्डसहितको टोलीले बाढी पहिरोले क्षति बनाएका विभिन्न ईलाकाको निरीक्षण गर्नुका साथै प्रभावित स्थानीयलाई सम्बोधन गर्ने बुझिएको छ ।

टिप्पणीहरू