सेनामा उजुरी अचम्मको

नेपाली सेनामा अनेक लफडा हुन्छ । हुँदाहुँदा एउटा सुवेदारले मेरो प्रजनन क्षमता नै खत्तम पारिदिए हजुर भन्दै एउटा कर्णेलविरुद्ध अचम्मको उजुरी हालेका छन् । ‘दोषी र पीडित’ दुवैलाई भोलि हाजिर हुने आदेश मुद्दा सुनुवाईको क्रममा दिइएको छ । भएको चाहिँ के हो भने दुई÷तीन वर्षअगाडि एकजना कर्णेल दर्जाका सैनिक चिकित्सकले छाउनी अस्पतालमा बिरामीको प्रोष्टेटको शल्यक्रिया गरेका रहेछन् । तत्काल त समस्या केही देखिएन तर विस्तारै ती रोगीको लिंगले काम गर्न छाड्यो । त्यसपछि मुलुकमा सकेजति उपचार गरे तर सुधारको केही लक्षण नदेखेपछि उनले ‘बर्बाद भएँ, घरबार नै भाँडियो । सबै खत्तम भयो’ भन्दै उजुर हालेका हुन् । 

उनको पछिल्लो निवेदनमा अति आक्रोशयुक्त र अमर्यादित भाषा प्रयोग भएकाले फेरि अर्को उजुरी लेख्न लगाएर त्यसमाथि सुनुवाई थालिएको छ । दुईपक्षकै कुरा सुनेर पीडितको हितमा के गर्न सकिन्छ, त्यो लेखी सेनापतिसमक्ष सिफारिस पठाउने योजना रहेको जंगी अड्डासम्बद्ध स्रोतले बताएको छ । आर्मी चिफले आदेश दिएपछि विदेश पु¥याएर भए पनि निजको उपचार गर्ने सोचमा सेना रहेको देखिन्छ । उनलाई त्यसबेला उपचार गर्ने डाक्टरले चाहिँ घटना पुरानो भएकाले कुन बिरामी हो भनेर अहिलेसम्म खुट्याउन नसकेको बताइन्छ । 

टिप्पणीहरू