ललितपुरमा माधव पक्षको जोडदार तयारी

नेकपा एमालेको माधव नेपाल समूह निकट युवा-विद्यार्थीहरुले आज ललितपुरमा मोटरसाइकल र्‍याली गरेका छन् । लगनखेलमा आयोजित जनवर्गीय संगठनहरुको कमिटी घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा शक्ति प्रदर्शनसहित र्याली निकालिएको हो ।

नेपाल समूह सम्वद्ध युवासंघ नेपाल,पिपुल्स भोलियन्टर्स,अनेरास्ववियु र नेपाल खेलकुद महासंघले संयुक्त रुपमा मोटरसाइकल र्याली गरेका हुन् ।

बागमती प्रदेश कमिटी सदस्य अब्दुल खानको नेतृत्वमा सयौँको संख्यामा निस्किएको मोटरसाइकल र्‍याली चापागाउँ दोबाटो,एकान्तकुना,बागडोल हुँदै सानेपा पुगेर पुन: बागडोल,भनिमण्डल,जावलाखेल, कुमारीपाटी हुँदै कार्यक्रमस्थल तर्फ लागेको छ ।

सो समूहले लगनखेलस्थित साझा पार्टी प्यालेसमा अहिले केहीबेरमा जनवर्गीय संगठनहरुको कमिटी घोषणा गर्दैछ ।

टिप्पणीहरू