आन्दोलन गर्न बल्खुमा सुकुम्बासी भेला

आन्दोलन गर्न बल्खुमा सुकुम्बासी भेला

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुध्द उपत्यकाका सुकुम्बासीहरु आन्दोलित हुने भएका छन् । आन्दोलनको कार्यक्रम तय गर्न आज बल्खुस्थित सुकुम्बासी क्षेत्रको जागरण बस्तिमा रहेको साङ्ग्ये छोइलिङ गुम्बामा सुकुम्बासीहरुको एउटा समूह भेला भएको छ ।

भेलामा सुकुम्बासी संघकी उपाध्यक्ष लीला मोक्तान,उपाध्यक्ष पदम देवकोटा,बल्खु सुकुम्बासी बस्तीका अध्यक्ष हिमाल लामालगायतले छलफल गरेका छन् ।

भेलामा भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई विघटन गर्ने सरकारको निर्णयपछि उत्पन्न परिस्थिति र भूमिहीन सुकुम्बासी संगठनले आगामी दिनमा खेल्ने भूमिकाबारे छलफल भएको बताइएको छ । साथै आगामी दिनमा आन्दोलनका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन भेलाका सहभागीहरु एकमत भएका छन् ।

भेलाले भोलि कोटेश्वरमा हुने भूमिहीन सुकुम्बासी संगठनको कार्यक्रममा उपत्यकास्थित सबै सुकुम्बासीहरुलाई सहभागी हुन अपिल पनि गरेको छ ।

टिप्पणीहरू