माधव नेपालका युवाहरु हेलमेट लगाएर अस्पतालमा

माधव नेपालका युवाहरु हेलमेट लगाएर अस्पतालमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवासंघअन्तर्गतको पिपुल्स भोलेन्टियर्स (पीभी)ले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ । ‘महिनाको २ दिनको २ घण्टा मेरो राष्ट्र्को लागि’ भन्ने अभियान अन्तर्गत पिभीले शनिबार बिहान अस्पताल परिसरमा सफाई गरेको हो ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन अभियान सुरु गरिएको पिभीेको इन्चार्ज सञ्चीव राईले जानकारी दिए । पिभीले यो अभियान सबै स्थानिय तह र सबै प्रदेशसम्म पुर्याउने योजनासमेत तय गरिसकेको उनले बताए ।

उनले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको फोहोरमैला हटाउन यस अभियान सुरु गरिएको हो । यसले राजनीतिक क्षेत्रमा वितृष्णा राख्ने, बार्दलीमा बसेको फोहोर गर्ने अनि अरुलाई गाली गर्ने युवाहरुको मनोरोग र गलत प्रवृत्तिलाई अन्त्य गर्न पनि ठूलो सघाउ पुर्याउने विश्वास लिइएको छ ।’

महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाई गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिलाई पनि सफाई गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताए ।

टिप्पणीहरू