च्यासलमा एमालेको शपथ ग्रहण

च्यासलमा एमालेको शपथ ग्रहण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले हालै गठन गरेको वागमती प्रदेश सम्पर्क कमिटीको शपथ ग्रहण भएको छ । आज बिहान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा सपथ गराइएको हो ।

सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीको अध्यक्षता तथा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्माको प्रमुख आतिथ्य थियो ।

कमिटीका पूर्वअध्यक्ष तथा प्रदेश कमिटी इञ्चार्ज श्यामकुमार बस्नेतलगायत झण्डै चार दर्जन नेता तथा कार्यकर्ताको उपस्थितिमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

टिप्पणीहरू