​करोडौं रकम कता गयो कमरेड !

सत्तामा हुँदा गरिएको एउटै गलत निर्णयले पार्टी संगठन नै कसरी छिन्नभिन्न हुँदोरहेछ र पछिसम्म पनि टाउको दुखाइको विषय बन्दोरहेछ जान्नुप¥यो भने ०६५ सालमा प्रचण्ड प्रम र बाबुराम अर्थमन्त्री भएताकाको एक दृष्टान्त हेरे पुग्छ । युवासंघको घेराउ र दबावका बाबजुद त्यतिबेला सत्ताको प्रभावमा मजदुर शहिद स्मृति उपभोक्ता सहकारीलाई ५ करोड ऋण दिन लगाइएको थियो ।

युवा स्वरोजगार कोषबाट उत्पादनमूलक व्यवसाय गर्न सो सहकारीमार्फत लगानी गर्ने र नियमित किस्ता बुझाउने शर्तमा दिइएको रकम माओवादी पार्टीको प्रभावशाली मजदुर महासंघलाई टुटफुट र झण्डै विघटनको संघारमा पु¥याउने एउटा कारण बन्यो । त्यतिबेला अखिल क्रान्तिकारी टे«ड युनियन महासंघका अध्यक्ष शालिकराम जमकट्टेलको एकलौटी निर्णयमा चल्ने सहकारीको अध्यक्ष भने महासचिव गणेश रेग्मी थिए । सहकारीमा ५करोड जम्मा हुनासाथ जमकट्टेलले डेढ करोड उठाए । यसबाट इचंगुनारायणमा बंगुरपालन शुरु गरे । पछि व्यवसाय गर्न ऋण लगेको देखाउने बेलामा विभिन्न कमाण्डका मजदुर नेताहरूलाई बोलाएर तपाईंको कमाण्डअन्तर्गत काम हुँदै छ, यो फाराममा सही गर्नुस् भनी उनीहरूकै नाम पेश गरे ।

डेढ करोड रकम लिए पनि ऋणीमा उनको नाम कतै छैन बरु त्यतिबेलाका महासंघ पदाधिकारी, सदस्य र विभिन्न प्रतिष्ठानस्तरका अध्यक्षलगायतको नाम छ । सो बंगुर फर्म शुरुमा उनकै नाममा दर्ता गरिएको भएपनि पछि सिन्धुलीकी उषा देवकोटाहरूको नाममा सारियो । यही फर्म देखाएर उनले प्याक्टदेखि जिल्ला पशु सेवा कार्यालयलगायत संस्थाबाट पनि अनुदानस्वरूप ३ करोडभन्दा बढी लिए । कृषि तथा पशुपालनकर्मको नाममा जताततैबाट पैसा आउने बुझेका शालिकले पछि दोलखा र बुंगमतीमा पनि यस्ता व्यावसायिक फर्म दर्ता गरी सरकारी अनुदान निकालेका थिए । युवा स्वरोजगार कोषबाट लिइएको डेढ करोड अहिलेसम्म चुक्ता गरेका छैनन् । 

उपमहासचिव जगत सिंखडाले यही पैसा लगी बालाजु र सीतापाइलामा पेट्रोल पम्प चलाए । सचिव पिताम्बर गिरीले स्वरोजगार कोषको २५ लाखबाटै चाबहिलमा जुत्ता कारखाना चलाइरहेका छन् । उपाध्यक्ष बाबुराम गौतम २८ लाख लिएर माछापालन गर्ने भन्दै ओखलढुंगातिर लागे । उनी अहिले सो जिल्लामा माओवादी पार्टी अध्यक्ष छन् । विराटनगरका टीका प्रसाईं र झापाका भुपाल सापकोटा २०–२० लाख लिएर गृहजिल्लातिर गए । उपमहासचिव धनबहादुर विकले १० लाख लिएर पसल चलाए । अहिले छ करोड ऋणको किस्ता नबुझाउँदा बढ्दै गएको छ । यतिले नपुगेर सहकारीमा शेयर हाल्ने नाममा संगठित सबै मजदुरसँग ५ सयदेखि एक लाखसम्म उठाइयो ।

सहकारीको कार्यक्षेत्र कामनपा ३५ वडा मात्र भए पनि टेकु, बालाजुदेखि झापा, मोरङ, सुनसरीबाट समेत रकम उठाइयो । यसरी उठाइएको रकम ५ करोडभन्दा बढी भएको महासंघकै अर्का नेता बताउँछन् । मजदुर र अन्यत्रबाट शेयरको नाममा करोडौं उठाइए पनि सबैले प्रमाणपत्र पाएनन् । जसले पाए उनीहरूले पनि कहिल्यै साधारणसभा भएको जानकारी पाएनन् । स्वरोजगार कोषबाट लिइएको रकम नेताले लगेर अरुलाई ऋणी बनाएको थाहा पाएपछि अधिकांश मजदुरले छाडे । शेयरहोल्डर बनिने आशामा हजारदेखि लाखसम्म दिने मजदुर शालिक, गणेश, बाबुरामलगायत नेतालाई धारेहात लगाउँदै महासंघ छाडेर निष्क्रिय बसेका छन् । 

हाल महासंघ अध्यक्षको जिम्मा पार्टीले गणेश रेग्मीलाई दिएको छ । महाधिवेशन गर्न लागिएको र गणेश नै अध्यक्ष हुने सम्भावना भएपछि उनलाई नरुचाउने शालिक सहकारीको पैसा हिनामिनाको मुद्दा उरालेर जगतलाई ल्याउन चाहन्छन् । राजनीति गर्न सिक्ने हो कि शालिकबाट †

टिप्पणीहरू