सेनाद्वारा साना दर्जाको समेत सम्मान,सेनापति भदौ २० मा घर सर्ने

सेनाद्वारा साना दर्जाको समेत सम्मान,सेनापति भदौ २० मा घर सर्ने

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल सकिने बेला कोभिडको कारण राष्ट्रपतिबाट वितरण हुन नसकेकोसहित फौजको हितमा अद्वितीय योगदान दिने नेपाली सेनाका सकल दर्जाका प्रतिनिधि पात्रहरुलाई आज पदक तथा विभूषण वितरण गरिएको छ । जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच पदक तथा ‘प्रधान सेनापति प्रशंसा निशान’ वितरण गरिएको हो ।

सेनाले आर्थिक वर्ष ०७६/७७ को ‘अलङ्कार तथा पदक’ पनि आजै वितरण गरेको छ । हरेक वर्ष संविधान दिवसका दिन राष्ट्रपतिबाट वितरण हुने गरेको विभूषण यस वर्ष कोरोना संक्रमणका कारण रोकिएको थियो । रोकिएका विभूषण प्रधानसेनापति कार्यालयबाट वितरण गरिएको हो ।प्रमुख सुवेदार मनोजकुमार चौधरीसहित ५२ जनालाई पदक वितरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । राष्ट्र र नेपाली सेनाको गौरव एवम् प्रतिष्ठा बढाउन उत्कृष्ट योगदान पुर्याएकोमा प्रमुख सुवेदार मनोज चौधरीसहितलाई ‘प्रधान सेनापति निसान’ प्रदान गरिएको हो ।अलङ्‌कार र पदकबाट विभूषित हुनेमा दुई जना रथी,९ जना अधिकृत,तीन जना पदिक र अन्य दर्जाका ६ जना छन् । त्यस्तै, ‘प्रधान सेनापति प्रशंसा निशान’ पाउनेमा सेनाका चार जना अधिकृत,पदिक र बिल्लादार एक-एक जना छन् । त्यस्तै, सैनिक श्रीमती संघका दुई पदाधिकारी १० र गैरसैनिक १० गरी ३२ जनालाई पदक वितरण गरिएको छ ।तीन वर्षे पदावधि सकिएर भदौ २४ गतेबाट अनिवार्य अवकाश लिन लाग्नुभएका प्रधानसेनापति थापा साउन २५ गतेदेखि बिदा बस्दै हुनुहुन्छ ।

प्रधानसेनापति थापा भदौ २० गतेदेखि बूढानिलकण्ठस्थित निजी निवास सर्ने योजना छ ।

टिप्पणीहरू