​भनेको एकथोक, भयो अर्कैथोक

भूकम्प प्रविधि समाज नामक एउटा संस्था छ । यसले दुई सालअगाडि महाभूकम्पको बेला केही काम पनि ग¥यो । विदेशीहरुले पनि यसलाई सहयोग गरेका छन् । अमेरिकाको न्युयोर्कमा कार्यालय रहेको एउटा संस्थाले चार वर्षको निम्ति काम गर्नू भनेर एउटा प्रोजेक्ट दिएको थियो ।

०६८ सालमा सिक्किम केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पूर्वका पाँचथर, ताप्लेजुङलगायत चार÷पाँच जिल्लामा स्कुल भवन भत्किए । तिनको रेट्रोफिट गर्न भनेर डिएफआइडीले काम पायो । डिएफआइडीले युएनडिपीमार्फत आएको सो पैसा पेटी ठेक्का हुँदै सेभ द चिल्ड्रेनलाई दियो । सेभ दि चिल्ड्रेनले पाँचथरको रेडक्रसलाई सो पैसा उपलब्ध गरायो । यसले गर्ने कामको नक्सा बनाउँदा २.३७ सेन्टिमिटरको छड हाल्नुपर्ने भनेको थियो तर बजारमा त्यो पाइएन भनेर १.३७ को ल्याएर घर बनाएछन् । यसरी नक्साविपरीत हुनेगरी गरिएको सो निर्माणलाई भूकम्प प्रविधि समाजले स्वीकार गरेन । यसबारे असहमतिसहितको एउटा रिपोर्ट यसले पेश पनि ग¥यो । सेभ द चिल्ड्रेनले सो काममा संलग्न हाकिमलाई कारबाहीस्वरुप हटाइदियो ।

उनले अनियमितताको आरोपसहित हटाएको सोही व्यक्तिलाई युएनडिपी अमेरिकाले अहिले पुनर्निर्माणको निम्ति भन्दै अर्को जागिर लगाइदिएको छ । त्यसबेला युएनडिपीका प्रमुख रोबर्ट पाइपरले यो कामका लागि स्वीकृति दिएका थिए । अहिले युएनडिपी र सेभ द चिल्ड्रेनबीच द्वन्द्व छ । यस्तैयस्तै काममा आफ्नो विश्वसनीयता गुमाएको हुँदा अहिले कसैले पनि युएनडिपीलाई पुनर्निर्माणको काम दिएका छैनन् ।

टिप्पणीहरू