त्यो तुइन तर्ने कोही घर गए, कोही डिआइजी भए

त्यो तुइन तर्ने कोही घर गए, कोही डिआइजी भए

कतिका ज्यान गए । धेरैका लाठी र टोपी झरे । तर, ध्यान कसैको पुगेन । अन्ततः दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटबाट वैदेशिक रोजगारीका लागि विदेश जान हिँडेका जयसिंह धामी त्यही तुइनसँगै झरे, महाकालीमा ज्यान गुमाए ।

भारतीय सुरक्षा फौज एसएसबीले तुइन काटिदिएका कारण जयसिंहले ज्यान गुमाउनुभन्दा दशकौं अगाडिदेखि नै चर्चामा आएको कालापानी क्षेत्र नेपालको हो । तर, त्यहाँ भारतीय फौज बसेको छ, नेपालीलाई जान दिइँदैन । निकै तल नेपालको सदरमुकाम पुग्न त्यही तुइनमा झुण्डिएर उसको भूभाग टेक्दै जानुपर्छ । छाङ्रुमा सशस्त्र प्रहरी छ । उनीहरु पनि भारतबाट ल्याइएको राशन खान बाध्य छन् । यसबाट बुझिन्छ, देश समृद्ध हुनुपर्ने रहेछ, अनिमात्र छिमेकीले हेप्दैनन् । त्यहाँ कार्यरत प्रहरीहरु भन्छन्, ‘एसएसबीले हेप्ने कारण यही हो ।’

महाकालीपारि पनि नेपाली भूमि पर्छ । तर, त्यहाँका बासिन्दा नेपाली बोल्दैनन्, हिन्दी नै प्यारो छ । कुनै समय त्यहाँ पुगेका एकजना सुरक्षाकर्मीले सोधे, ‘किन हिन्दी बोलेको ?’ उनीहरुले भने, ‘राशन यसैले दिन्छ, नत्र खान पाइँदैन ।

त्यस्तो जोखिमयुक्त तुइनमा नेपालका थुप्रै सुरक्षाकर्मीले तालिमका क्रममा झुण्डिनु परेको छ । तर्ने क्रममा महाकालीतिर हेर्दा धेरैका टोपी खसे, कसैका लाठी खसे । नेपाल प्रहरीमा ०५४ चैत १८ भर्ना मितिका तालिमे इन्स्पेक्टरहरुलाई त्यहीं तालिम दिइएको थियो ।

डिआइजीबाट रिटायर्ड भएका कमलसिंह बमदेखि अहिले सशस्त्र डिआइजी रहेका वंशी दाहाल, राजु अर्याल, शम्भु सुवेदी, पुलिसका एसपी दानबहादुर कार्की, मनोज केसी, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, जीवन श्रेष्ठ, गोविन्द थपलियाहरुले त्यही तुइनको यात्रा गरेका हुन् । इन्स्पेक्टर हुँदा तालिम गरेका यी मान्छे २७ वर्षपछि आज नाका नाकामा पुगिसके तर महाकालीको व्यथा उस्तै छ ।

महाकालीपारि पनि नेपाली भूमि पर्छ । तर, त्यहाँका बासिन्दा नेपाली बोल्दैनन्, हिन्दी नै प्यारो छ । कुनै समय त्यहाँ पुगेका एकजना सुरक्षाकर्मीले सोधे, ‘किन हिन्दी बोलेको ?’ उनीहरुले भने, ‘राशन यसैले दिन्छ, नत्र खान पाइँदैन । हामीलाई नेपालले के दिएको छ ? तपाईंहरु किन आएको यहाँ ? रमाइलो गर्न आएको ?’ उनीहरुको भनाइ हुन्थ्यो, खान नपाए देश कसरी हुन्छ ? खान पाए सुकुम्बासी किन अर्काको देशमा जान्छ ? हुन पनि अहिले नेपालीहरु कोरोनाले मर्ने कि भोकले मर्ने ? भन्दै भारततिर लर्को बाँधेर गइरहेकै छन् ।

टिप्पणीहरू