उताबाट उठाउने, अरुलाई लुटाउने

‘माई नेपाल एडभेञ्चर टुर्स एण्ड ट्राभल्स’ नामको निजी कम्पनीले राजधानीका पाँचतारेदेखि धुलिखेल, नगरकोट तथा पोखराका होटलसम्मको लाखौं बिल भुक्तानी नगरेको आरोप छ । 

दीपक फुयाँल प्रवन्ध निर्देशक रहेको उक्त टुर्स एण्ड ट्राभल्समा छवि कार्यकारी निर्देशक छन् भने मार्केटिङ तथा सेल्सको विभागीय प्रमुख राजारामले हेर्ने गरेका छन् । स्रोतका अनुसार होटल एशोसियसनका अध्यक्ष नै सो ट्राभल्सबाट सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । ¥याडिशन होटलले उनीहरूबाट ५० लाख हाराहारीमा पाउनुपर्ने अवस्था छ । होटलले बिल काट्दा सर्भिस चार्ज र भ्याटसमेतको रकम अग्रिम तिरिसकेको हुन्छ, तर लामो समय बिल फछ्र्याेट नहुँदा होटल दोहोरो नोक्सानमा परेको अवस्था छ ।

‘पहिलेदेखि नै ठगी नियत राख्ने गरेका थिए, गत वर्षको भूकम्पपछि त अर्को निहुँ नै चाहिएन’, उनले भने, ‘उनीहरूले पर्यटकसँग रकम असुलिसकेका हुन्छन्, हामीलाई तिर्न मात्र आनाकानी गर्छन् ।’ फुयाँल दाजुभाइको व्यवहार बिग्रेर वा धनसम्पत्ति नभएर व्यवसायीलाई बक्यौता नतिरेका होइनन्, उनीहरूले पर्यटकसँग उठाएको रकम विभिन्न क्षेत्रमा लगानी गरेको पाइएको छ । अर्का भाइ सरोज फुयाँलका नाममा पुतलीसडकस्थित लक्ष्मी प्लाजामा ‘मास्टर टेक्नोलोजी’ भन्दै चाइनिज इलेक्ट्रोनिक्स व्यापार सञ्चालित छ ।

टिप्पणीहरू