​दिल्लीबाट आयो दलबल

सुनिहालियो नि, भारतले नेपालमा आफ्नो दूतावासलाई एक मीनेट पनि राजदूतविहीन राख्न सक्दैन । कारण हो, परिस्थितिको जटिलता । तर, नेपालको ताल कस्तो छ भने, अहिले दिल्लीस्थित नेपाली दूतावास मुख्य अधिकारीविहीन छ । यता कसैलाई त्यसको चिन्ता छैन ।

यसरी राजदूत दीपकुमार उपाध्याय, दोस्रो हैसियतका सहसचिव कृष्ण ढकाल र अर्का सहसचिव कृष्णहरि पुष्कर काठमाडौंमा थुप्रिएको कति भैसक्यो । कृष्ण आमा बिरामी भएको नाममा सबभन्दा पहिला दिल्ली छाड्ने अधिकारी हुन् ।

तर, आमाको बिरामीभन्दा मुख्य काम थियो, राजदूत नियुक्तिमा पर्नु । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा सहज वातावरण बनाइदिने आश्वासन दिएका थिए । फेरि उनी भएका सहसचिवमध्ये सिनियरमा पनि पर्छन् । तर, पार्टीको पनि हैन, पार्टीमा पनि नेतापिच्छेका खल्तीबाट राजदूत हुने भएपछि मापदण्ड पुगेका सरकारी अधिकारी नै राजदूत हुन घर–घर धाउनुपर्ने बाध्यतामा छन् । 

टिप्पणीहरू