स्वास्थ्य मन्त्रालयको ‘नेपाल मास्क अभियान’ शुरु

स्वास्थ्य मन्त्रालयको ‘नेपाल मास्क अभियान’ शुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको पछिल्लो अवस्थालाई ध्यानमा राखेर ‘नेपाल मास्क अभियान’ शुरु गर्ने भएको छ ।

कोभिड १९ को बढ्दो संक्रमण तथा जोखिम यथावत रहेकाले यसको रोकथाम तथा नियन्त्रणमा सबैलाई मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्न देशभर मन्त्रालयले मास्क अभियान शुरु गर्न लागेको हो ।अभियान भोलिदेखि साउन २९ गतेसम्म एक साता चल्नेछ । मन्त्रालयले सबैलाई उपलब्ध स्रोत साधनको उपयोग गरी आ–आफ्नो स्थानमा उक्त अभियान मनाउन समेत अनुरोध गरेको छ ।

टिप्पणीहरू