बोलकबोलको अझै बबाल छ

स्वास्थ्यमन्त्री गगन थापाले अस्वस्थ काम गर्दै नेपाल सरकारले अवधि तोकेर नियुक्त गरेका पदाधिकारीलार्ई बीचैमा हटाएका छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा राम भण्डारी र रामचन्द्र शाहलाई ल्याएका छन् । रामचन्द्र सूर्यनाथ उपाध्यायको पालामा अख्तियारको कारबाही भोगेका व्यक्ति हुन् । राम भण्डारी निजी कलेजका सञ्चालक हुन् । उनको होप र सिस्ट कलेजमा लगानी छ । यिनीहरूको संयोजन गराउने काम विशेष अदालतमा मुद्दा चली हाल निलम्बनमा रहेका रामजी घिमिरेले गरेका हुन् । 

नर्सिङतर्फ निजी कलेजमा पढाउने रमिला चौलागाईं र गोमा निरौलालाई ल्याएका छन् । मन्त्रालयमा कार्यरत भोलारामकी परिवार गोमा तथा रमिला दुवैको १५ लाख रुपैयाँमा डिल भएको बताइन्छ ।

आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार नियुक्ति र पैसाको डिल देवराज लामिछाने र नारायण ढकालबाट भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा कार्यालय प्रमुख हुन प्रजातन्त्रवादी जनस्वास्थ्य संघका महासचिव उपेन्द्र ढुंगानाको फायल उठे पनि शैलेश सिटौलालाई पन्छाएर अंगदबहादुर शाहीलाई पठाइएको छ । कात्तिकको सरुवा बदर गरी डा. राजेन्द्र पन्तले ठूलो रकम चलखेल गरेका छन् । बाँके कारकादोमा अवधि पूरा नगरेका जागेश्वर बस्नेतलाई बाँके जनस्वास्थ्यतिर सरुवा गरिएको छ । अमृत बस्नेतलाई स्वास्थ्य सेवा विभागमा ल्याइएको छ भने विष्णु लामिछाने र नवराज श्रेष्ठलाई बिमामा पठाइएको छ । 

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सिनियर डा. हरिश्चन्द्र उप्रेतीलाई निर्देशक बनाउनुपर्नेमा राजकुमार महतोबाट कोशेली लिएर प्रमुख बनाइएको छ । क्षयरोग केन्द्रमा डा. बर्मालाई अवकाश अवधि तीन महिना बाँकी हुँदा पनि प्रमुखको जिम्मा दिइएको छ । मन्त्रीका मानिसलाई करारमा पास नगरेको रिसमा डा. रमेशविक्रम सिंहलाई मध्यमाञ्चलको निर्देशकबाट हटाएर डा. वासुदेव पाण्डेलाई सरुवा गरिएको छ । स्वास्थ्य सेवा विभागमा खुलेको फार्मेसी अधिकृत डाटा अफिसरमा पैसाको चलखेल गरेर मात्र नतिजा प्रकाशन गरिएको छ । हालै मन्त्री गगन थापाले ३८४५ दरबन्दी नो ख कार्यान्वयन गर्न स्वीकृत गराएका छन् । हाल कार्यरत सिअहेबलाई स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय मेडिकल स्टोरमा पुलमा राख्न रामजी घिमिरेले पैसा उठाउन शुरु गरेका छन् भने मन्त्रीले करारमा कार्यकर्ता भर्नाको तयारी गरेका छन् । अस्पतालमा औजार उपकरण खरिद गर्न एक अर्ब रकम छुट्याइएको छ ।

टिप्पणीहरू