दार्चुलामा नाराबाजी,नेपाली युवाले घन्काए ‘कालापानी हाम्रै हो’

दार्चुलामा नाराबाजी,नेपाली युवाले घन्काए ‘कालापानी हाम्रै हो’

दार्चुलाको नेपाल-भारत सीमाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबि) का जवानले तुइनको लठ्ठा फुस्काएपछि जयसिंह धामी नदीमा बेपत्ता भएको ठाउँमा नेपाल र भारतको सुरक्षा निकायका प्रतिनिधिहरु एकैसाथ पुगेका छन् । पारी उनीहरू पुग्दा वारिबाट त्यति नै बेला नेपाली युवाहरुले कालापानी हाम्रै हो भन्ने नारा घन्काएका थिए ।

नेपाली जाँच दल के मोका ए वारदात के भ्रमण के दौरान, SSB ने करी मदद

दिनांक -30/07/2021 को एक नेपाली नागरिक द्वारा अवैध रूप से काली नदी में तार लगाकर भारतीय क्षेत्र में प्रवेश करते समय नदी में गिरकर बह गया था इस घटना की जाँच हेतु नेपाल सरकार द्वारा एक जाँच टीम का गठन किया गया है, इस जाँच टीम द्वारा जिसके प्रमुख श्री जनार्दन गौतम, सहायक सचिव ग्रहमंत्रालय ,नेपाल हैं ने अन्य सदस्यों के साथ घटना स्थल ग्राम गस्कू तहसील धारचूला (भारत ) का आज दिनांक 05/08/2021 दौरा किया l नेपाली जाँच टीम जिसके अन्य सदस्य श्री पुरषोत्तम कंडेल , DIG नेपाल पुलिस, (3) श्री हुत सिंह थापा ,NID अनुसन्धान ,श्री सुरेश कुमार श्रेष्ठ,SSP APF ,श्रीमती ज्योत्सना भट्ट ,DY CDO दार्चुला ,श्री नरेन्द्र बहादुर बम ,SP APF,श्री मनोहर प्रसाद भट्ट ,DYSP पुलिस दार्चुला ,श्री महेश अवस्थी DYSP NID नेपाल,श्री दीपक पतली, निरीक्षक पुलिस श्री राजेंद्र सिंह,आरक्षी नेपाल पुलिस , श्री विरख सायर, आरक्षी APF ने 0800 बजे धारचूला पुल से भारत में प्रवेश किया l पुल पर श्री महेंद्र प्रताप कमांडिंग ऑफिसर SSB ने उनका स्वागत किया तथा घटना स्थल ग्राम गस्कू के लिए रवाना हुएl नेपाली जाँच टीम द्वारा मोका ए वारदात पर पहुच कर जाँच पड़ताल, विडियो ग्राफी और फोटो ग्राफी करी l इस दौरान भारतीय छेत्र के सीमापार नेपाल में कुछ नेपाली युवको द्वारा झंडे लेकर लिपुलेख कालापानी ह्म्रो हो के नारे सुनाई दिए i घटना स्थल पर लगभग आधा घंटा रुकने के बाद पूरी टीम लौटकर धारचूला होते हुए नेपाल वापस चले गए i नेपाली जाँच दल की घटना स्थल और वापसी तक SSB के कमांडिंग ऑफिसर उक्त दल के साथ उपस्थित रहे तथा SSB द्वारा जाँच टीम को हर सम्भव मदद प्रदान की गई जिसके लिए नेपाल जाँच दल के प्रमुख श्री जनार्दन गौतम, सहायक सचिव ग्रहमंत्रालय नेपाल ने SSB के सहयोग और सहायता के लिए आभार प्रकट किया l

बेपत्ता जयसिंह धामी र घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा खटिएको टोली हिजो घटनास्थल पुगेको हो । छानबिन टोलीमा संयोजक तथा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम,नेपाल प्रहरीका नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा,सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन् ।

भारत गएको टोलीमा दार्चुलास्थित सशस्त्र प्रहरी बलका एसपी नरेन्द्रबहादुर बम,नेपाल प्रहरीका डीएसपी मनोहरप्रसाद भट्ट, त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका डिएसपी दीपक पतलीलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरहरु दीपक पतली,राजेन्द्र सिंह,बिर्ख सायरलगायत थिए ।हिजो बिहान ८ बजे घटनास्थल पुगेको टोलीले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । उनीहरुले घटनास्थलको फोटो र भिडियो खिचेका थिए । धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको लठ्ठा फुस्काइ दिँदा नदीमा खसेर बेपत्ता भएका हुन् ।

घटनास्थलमा नेपाली छानबिन समितिको टोली र एसएसबीका पिथौरागढ जिल्लाको डिडिहाट तहसिलस्थित ११ औं वाहिनीका वाहिनीपति एवम् कमाण्डिङ अफिसर महेन्द्रप्रताप एकैसाथ गएका थिए ।

त्यसअघि नेपाली टोलीलाई एसएसबीका कमाण्डिङ अफिसर महेन्द्रप्रतापले स्वागत गरेका थिए । त्यहि बेला सीमा नदीको नेपालतर्फ उभिएका केही नेपाली युवाले नेपाली झण्डा फहराउँदै कालापानी हाम्रो हो भन्ने नारा घन्काएका थिए । भारतीय भूमिमा झण्डै आधा घण्टा बिताएको नेपाली टोली भारतीय धारचुला हुँदै नेपाल फर्केको थियो ।

टिप्पणीहरू