एमालेमा पूर्वमाओवादी नेतासहित बसेर विधान संशोधन गरिँदै

एमालेमा पूर्वमाओवादी नेतासहित बसेर विधान संशोधन गरिँदै

नेकपा एमालेको संस्थापन पक्षले विधान संशोधन प्रस्तावको मस्यौदामाथि छलफल थालेको छ । आगामी विधान महाधिवेशनमा संशोधन प्रस्तावका रुपमा प्रस्तुत गर्ने गरी अध्यक्ष केपी ओलीसहितका नेताहरु छलफलमा जुटेका हुन् ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छलफलमा अध्यक्ष ओलीसँगै उपाध्यक्ष वामदेव गौतम,उपमहासचिव विष्णु पौडेल,संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रवक्ता प्रदीप ज्ञवाली,नेता रामबहादुर थापा बादल सहभागी छन् ।

त्यस्तै,मणि थापा,शिवमाया तुम्बाहाम्फे,पद्मा अर्याल,बिष्णु रिमाल,शंकर पोखरेल,केशव बडाल,लेखराज भट्ट,राधा ज्ञवाली,रघुवीर महासेठलगायतका नेताहरु पनि छलफलमा उपस्थित छन् ।

एमालेले आगामी भदौ २७ र २८ गते विधान अधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि यसअघि नै विभिन्न समितिहरु गठन गरिएको छ ।

युवासंघको स्थायी कमिटी बस्दै

एमाले संस्थापन पक्ष निकट राष्ट्रिय युवासंघ नेपालको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसिरहेको छ ।

वैठकमा अध्यक्ष किरण पौडेल, उपाध्यक्ष छितिज थेबेलगायत दुई दर्जन नेता सहभागी छन् ।

टिप्पणीहरू