परिवर्तित अवस्थामा राजिनामा दिएको हुँ : एनटिभी अध्यक्ष बिष्ट

परिवर्तित अवस्थामा राजिनामा दिएको हुँ : एनटिभी अध्यक्ष बिष्ट

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले कार्यकाल सकिन १० महिना बाँकी छँदै राजिनामा दिनुभएको छ । केपी ओली नेतृत्वको सरकारद्वारा चार वर्षका लागि नियुक्त बिष्टले सरकार परिवर्तनसँगैको अवस्थालाई ध्यानमा राखेर आफूले जिम्मेवारीबाट हट्ने निर्णय गरेको बताउनुभएको छ ।

उहाँले हिजो सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको हो । उहाँ यसअघि नेपाल पत्रकार महासंघको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँले राजिनामासँगै आफूलाई नियुक्त गर्ने अघिल्लो केपी ओली सरकारलाई धन्यवादसमेत दिनुभएको छ ।

टिप्पणीहरू