कार्ड भेटियो आफ्नै कोठाछेउ

अखिल क्रान्तिकारीले तालाबन्दी गरेर फागुन १४ मा हुने पृथ्वीनारायण क्याम्पस स्ववियुको निर्वाचन सारेको थियो । अहिले निर्वाचन आयोगले आचारसंहिता लागू गरेर चुनाव स्थगन गरेको छ । 

आफूले जित्ने निश्चित भएको क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्वक सफल भई नेविसंघ र क्रन्तिकारीको पक्षमा परिणाम आएको छ भने अनेरास्ववियुको बर्चस्व रहेको कलेजमा नेविसंघ–अखिल क्रान्तिकारीले चुनाव भाँडेको आरोप छ । फागुन १८ गते अखिल क्रान्तिकारीका नेता बस्ने घरमा पृथ्वीनारायण क्याम्पसबाट हराएको विद्यार्थी परिचयपत्र भेटिएको छ । फागुन १४ गते शनिबार राति क्याम्पसको विज्ञान संकाय प्रशासन कार्यालयको ताला फोडी विद्यार्थीको आइडी कार्ड चोरी भएको भएको थियो । सो कार्ड पोखरा–११ तुल्सीमार्गस्थित एक घरमा बेवारिसे अवस्थामा स्थानीयको सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । 

जबकि उसैले कार्ड चोरी भएको भन्दै फागुन १८ गते निर्धारित स्ववियु चुनाव नै स्थगन हुने गरी क्याम्पसमा तालाबन्दी गरेको थियो । कार्ड भेटिएको घरको बीच तलामा अखिल क्रान्तिकारीकै नेता बस्दै आएका छन् ।

टिप्पणीहरू