चीनमा फेरि कोरोना बढ्यो,भोलिदेखि सर्वत्र लकडाउन

चीनमा फेरि कोरोना बढ्यो,भोलिदेखि सर्वत्र लकडाउन

चीनले कोरोना संक्रमण बढेपछि राजधानी बेइजिङ्गलगायत अधिकांश ठूला शहरमा विशेष सतर्कता अपनाउने भएको छ । कोरोनाको डेल्टा भेरियण्ट देखिएपछि चीनमा सतर्कता अपनाउन लागिएको हो ।

डेढ वर्षअघि कोरोना महामारीको शुरुताका वुहानमा मात्र लगाइएको निषेधाज्ञा भोलिदेखि अन्यत्रसमेत जारी गर्न लागिएको छ । डेल्टा भेरियण्टको संक्रमणलाई ध्यानमा राखेर चीनका अधिकांश विद्यालय र विश्वविद्यालय भोलिदेखि बन्द गरिएको छ ।

त्यसैगरी गुम्बा,मस्जिद,चर्चलगायत सबै धार्मिकस्थलमा भेला हुन रोक लगाइएको छ ।

चीनमा डेल्टा भेरियण्ट रुसको राजधानी मस्कोसँगको हवाई उडानबाट भित्रिएको आशंका गरिएको छ । मस्कोको उडानबाट आएका यात्रुले भाइरस ओसारेको र उक्त विमान सफा गर्ने नानचिङ्ग एअरपोर्टका कर्मचारी साराका सारा थला परेसङ्गै कोरोना संक्रमण चारतिर फैलिएको हो । चीनमा हालसम्म कोरोनाबाट ४ हजार ६ सय ३६ जनाको निधन भइसकेको छ । ९३ हजारभन्दा बढी संक्रमित छन् । तर तीमध्ये अधिकांश अघिल्लो वर्षको महामारीका हुन् ।

टिप्पणीहरू