​मध्यराति धनीबाउका छोरो मच्चिँदा

बाबुचाहिँ रक्सी छुँदै नछुने, अर्बौं सम्पत्तिको मालिक भनेर के गर्नु, छोरो जाँडले फिट्टु भएरर रात–बिरात साथीलाई पिट्दै हिँड्ने। यस्तै भएको छ नेपालकै चर्चित इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेका छोरा सिवान्तको हकमा ।

शुक्रबार, ललितपुर पुल्चोकस्थित नयाँ सुपरमार्केट लबिम महलभित्र अवस्थित लेभल थ्री रेस्टुरेन्ट एण्ड बारमा भएको एउटा कुटपिटलाई सहमतिमा गुपचुप मिलाइएको छ । ललितपुर प्रहरीले मध्यराति १२ बजेको उक्त घटनासम्बन्धमा भोलिपल्ट सोधपुछ शुरु गरे पनि कारबाही प्रक्रिया भने अघि बढ्न पाएन । दुई मीनेटको सिसिटिभी फुटेज देखाएपछि इन्भेष्टमेन्ट बैंककै क्यापिटल मार्केटका सीइओ सिवान्तले गल्ती महसुस गर्दै माफी मागेका छन्।

आफ्नी प्रेमिकासँग रात्रिकालीन शयरमा निस्केका सम्राट्नरसिंह राणालाई सिवान्तले घोक्रो समात्ने क्रमबाट झडप शुरु भएको थियो । हुनेवाला श्रीमतीलाई जथाभावी बोलेको र कानसमेत फुक्ने गरेको देखेपछि अग्लो ज्यानका सम्राट्ले सिवान्तलाई भुइँमा थचारिदिएको बताइन्छ । पुरानै चिनजानका ती युवती र सँगै गएका पवन पाण्डेले छुट्याएका कारण घटनाले उग्ररूपचाहिँ लिन पाएन । 

टिप्पणीहरू