एअरपोर्ट पठाउन उहाँ आतुर

यो सूची हेर्नुस् त, गृहमन्त्री आफैाले फलानोलाई चिलानो ठाउामा यथावत भनेरै तोकेका छन् र सरुवा पनि लगभग त्यसरी नै निस्किएको छ ।
गृहमन्त्री विमलेन्द्र निधीले तीन महिनाअघि प्रहरी मुख्यालयलाई पठाएको यो सूचीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपी श्याम खत्री र एसपी प्रमोद खरेललाई नै यथावत राख्ने आदेश छ ।

संयोगबस उनको सूचीबाट केदार रिजाल मुख्यालय, दिनेश अमात्य उपत्यका अपराध महाशाखा, छविलाल बञ्जाडे धौलागिरीबाट काठमाडौं परिसर र पिताम्बर अधिकारी ललितपुर परिसरबाट मेचीमा परेका छन् । विजयकुमार गच्छेदार गृहमन्त्री छादा पनि त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुख -डिआइजी) नै थिए । तर, एसएसपी रविराज श्रेष्ठमार्फत विदेशी मुद्रा वारपार हुन्थ्यो ।

काण्ड लागेर रविको जागिर गयो । अहिले पनि त्यस्तै भएको छ, श्याम खत्री पक्राउ परेका छन् । डिआइजीको आाखा छलेर एसएसपीमार्फत गृहमन्त्रीहरुले यस्तो धन्दा चलाउादा रहेछन् भन्ने बुझ्नलाई यो घटना काफी छ । नभए, सुरज केसीलाई जुम्ला धपाएर उनैलाई मात्र राखिराख्नु भन्नुको अर्थ के हुन्छ ? अब यसमा विमलेन्द्रउपर छानबिन हुनुपर्ने कि नपर्ने ? कि, सुडान काण्डमा गृहमन्त्री कृष्ण सिटौला चोखिएर तीनजना आइजिपी डामिएजस्तो फेरि पनि बर्दीधारीमात्र कारवाहीमा पर्नुपर्ने ? त्यतिबेला उनले पठाएको एसएसपीको १८ जनाको सूचीमा पााच जनामात्र आइजिपीको रोजाईका, १३ जना विमलेन्द्रका छन् । धेरैलाई यताउता पारिएको छ । यथावत भनिएको केहीलाई मात्र थियो, त्यसमध्येका हुन् श्याम खत्री । 

अर्को रमाइलो प्रसंग छ, आइजिपी प्रकारणसम्बन्धी । मन्त्रिपरिषद्बाट नियुक्त आइजिपी जयबहादुर चन्दविरुद्ध मुद्दा पर्दा सर्वोच्चको अन्तरिम आदेशका कारण उपेन्द्रकान्तहरुको ८८ टोलीले कसलाई चार्ज बुझाउने भन्ने अन्योल उत्पन्न भयो । बिदा भएर जाने कमाण्डरले सरकारबाट तोकिएको व्यक्तिलाई चार्ज बुझाउने प्रचलनअनुसार नक्साल मुख्यालयमा सरकारी निर्णय पर्खिएर उपेन्द्रहरु बसिरहेका थिए, फागुन १ गते सााझ ।

आफूले चाहेका नवराज सिलवाल आइजिपी नहुने भएपछि प्रधानमन्त्रीसाग रुष्ठ उनी त्यसदिन ५ बजे क्याबिनेट बैठकमा जान बाध्य भए, निमित्त छान्न । प्राविधिक एआइजी दिनेशचन्द्र पोखरेललाई निमित्त दिने बाध्यता आइलागेपछि विमलेन्द्रले गृहसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर भने, 'तपाईंहरुसाग कुकुर र नाचगान हेर्ने अरु कोही प्राविधिक डिआइजी छैनन् ?' रेग्मी 'अहिले त कोही छैन हजुर, भएमा खबर गर्नेछु' भनेर उम्किए ।

टिप्पणीहरू