को-को उपस्थित भए माधव नेपाल निकट बैठकमा ?

को-को उपस्थित भए माधव नेपाल निकट बैठकमा ?

नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी छ । बुध्दनगरस्थित क्वालिटी पार्टी प्यालेसमा नेकपा एमाले माधवकुमार नेपाल पक्षको बैठक चलिरहेको हो । त्यसअघि सोही स्थानमा स्थायी समितिको बैठक बसेको थियो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष डा.भीम रावल, अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल,सचिव भीम आचार्य,स्थायी कमिटी सदस्य डा. वेदुराम भुसाललगायतको उपस्थिति थियो ।

स्थायी कमिटी बैठक दिउँसो २ बजे सकिएपछि साढे २ बजे केन्द्रीय समिति बैठक शुरु भएको हो । बैठकमा नेपाललगायत उपाध्यक्ष डा.भीम रावल,उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल,सचिव गोकर्ण विष्ट,सचिव भीम आचार्य,रघुजी पन्त, डा.वेदुराम भुसालको उपस्थिति रहेको छ ।

त्यसैगरी,केन्द्रीय सदस्यहरु सोमप्रसाद पाण्डे,देवशंकर पौडेल, मेटमणि चौधरी,झपट रावल, अमृतकुमार बोहोरा,कृष्ण श्रेष्ठ ‘किसान’,ठाकुर गैरे,गंगालाल तुलाधर,विरोध खतिवडालगायत झण्डै पाँच दर्जनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू