युवा संघले युथफोर्सलाई टक्कर दिने निर्णय

युवा संघले युथफोर्सलाई टक्कर दिने निर्णय

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै युथ फोर्सलाई टक्कर दिने भएको छ । आज नयाँ वानेश्वरस्थित ए वान पार्टी प्यालेसमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय समूहको केन्द्रीय पदाधिकारीस्तरीय बिस्तारित बैठकले उक्त निर्णय गरेको हो ।

मध्यान्हबाट शुरु भएको बैठकमा वाईसिएललाई टक्कर दिने युथ फोर्सलाई अब युवा संघले टक्कर दिने चेतावनीसमेत दिइएको बताइएको छ ।

बैठकमा युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही,पिपुल्स भोलेन्टियरका प्रमुख शिव श्रेष्ठ, भोलेन्टियरका सचिव मनोज खत्रीलगायतको उपस्थिति थियो ।

माधव पक्षले पर्सि शनिवार २३ गते ललितपुरमा युवा संघलगायतका जनवर्गीय सङ्गठन जगाउने तयारी छ ।

टिप्पणीहरू