प्रेस काउन्सिलका पूर्वअध्यक्ष कार्की अस्पताल भर्ना

प्रेस काउन्सिलका पूर्वअध्यक्ष कार्की अस्पताल भर्ना

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की अस्पताल भर्ना हुनुभएको छ । पारिवारिक स्रोतका अनुसार कार्कीलाई ब्रेन स्ट्रोक भएपछि बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको हो ।

दुई सातादेखि अप्ठेरो महसुस गर्नुभएका कार्कीलाई चिकित्सकहरुले उपचारपछि राम्रो भयो भनेका थिए । एमआरआईदेखि सबै परीक्षण गरे पनि उहाँलाई सञ्चो भएको थिएन । चिकित्सकले घाँटीको सानो नशामा समस्या देखिएकाले सामान्य उपचारपछि निको हुन्छ भनेका थिए ।

पहिले घाँटीको नशा च्यापिएको भने पनि अहिले कार्कीलाई ब्रेन स्ट्रोक भएको चिकित्सकहरुले बताएका छन् । उहाँ अहिले थोरै बोल्ने स्थितिमा रहेको तर पूर्णतया खतरामुक्त भैनसकेको छोरा दिग्विजय र श्रीमती इन्दिरा कार्कीले बताउनुभयो ।

टिप्पणीहरू