गुरु र गुरुआमाहरुको नगरपालिका सामुन्ने धर्ना

गुरु र गुरुआमाहरुको नगरपालिका सामुन्ने धर्ना

आफना विभिन्न माग पूरा नभएपछि शिक्षकहरुले ललितपुरको महालक्ष्मी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरु धर्नामा बसेका हुन् । महासंघले पूर्व घोषित कार्यक्रमअन्तर्गत आज धर्ना कार्यक्रम गरिएको बताएको छ ।

नेपाल शिक्षक महासंघ,महालक्ष्मी नगरपालिकाका अध्यक्ष मीनबहादुर अछामीको नेतृत्वमा विभिन्न माग राख्दै धर्ना कार्यक्रम भएको हो । धर्नामा उपस्थित शिक्षक तथा कर्मचारीहरुले नेपाल सरकारको बजेट वक्तव्यमार्फत् घोषणा भएको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको मासिक तलब १५ हजार रुपैयाँ गराउने, विद्यालयहरुमा रिक्त दरवन्दीमा तुरुन्त पद्पूर्ति गर्नुपर्ने माग राखेका छन् ।

दरवन्दी मिलानको नाममा विगतमा झैँ शिक्षकहरुको तलब रोक्ने काम नगर्न र शिक्षकहरुलाई नगरपालिका बाहिर जान नपर्नेगरी दरबन्दी मिलान गर्न, प्रविधिमैत्री शिक्षण सिकाइको निम्ति एक शिक्षक,एक ल्यापटप कार्यक्रम ल्याउन र विद्यालयलाई अनलाइन पठनपाठनमा सहयोग पुुर्याउन कोभिड राहत कार्यक्रम घोषणा गर्नुपर्नेलगायतका माग अघि सारिएको छ ।

टिप्पणीहरू