उच्च अदालतका रजिष्ट्रारहरुको आकस्मिक सरुवा

उच्च अदालतका रजिष्ट्रारहरुको आकस्मिक सरुवा

उच्च अदालत पाटन र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिष्ट्रारहरुको आकस्मिक सरुवा भएको छ । पाटनका गजेन्द्रबहादुुर सिंह र वीरगञ्जका ठगिन्द्र कट्टेलको हेरफेर भएको बताइएको छ ।

न्याय सेवामा एकाध कर्मचारीको मात्र सरुवालाई अर्थपूर्ण ढंगले हेरिन्छ । त्यसमा पनि छोटो समयमा भएको सरुवालाई शंकाको दृष्टिकोणले हेरिने स्रोतले बताएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार सिंहको सरुवा १० महिनामा भएको हो । उनलाई वीरगञ्ज पठाइएको छ ।

वीरगञ्जका रजिष्ट्रार ठगिन्द्र कट्टेलको पनि सिंहको स्थानमा सरुवा भएको हो । सिंह र कट्टेलको सरुवालाई कतिपयले म्युचअल सरुवा पनि भनेका छन् ।

टिप्पणीहरू