माओवादी किल्लामा युथ फाेर्स र साइबर सेना

माओवादी किल्लामा युथ फाेर्स र साइबर सेना

नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल राेल्पाले स्थानीय तहमा कमिटी निर्माण र संगठन सुदृढिकरण अभियानलाई तीव्र बनाएकाे छ । युवा संघकाे कमिटीलाई चलायमान बनाउँदै पालिकामा युथ फाेर्स र साइबर सेनासमेत गठन गरिरहेकाे राष्ट्रिय युवा संघ राेल्पाका संयाेजक प्रेम बिकले बताए ।

हिजो हाेलेरीमा सम्पन्न रुन्टिगढी गाउँपालिकास्तरीय भेलाले गणेश गिरी संयाेजक र दिलिप बाँठा सह-संयाेजक रहेकाे ३४ सदस्यीय युवा संघकाे कमिटी,ओमप्रकाश दशाैदी संयाेजक र नन्दबहादुर खत्री सह-संयाेजक रहेकाे २७ सदस्यीय पालिकास्तरीय युथ फाेर्स कमिटी र साइबर सेनासमेत चयन गरेकाे छ ।

राष्ट्रिय युवासंघ रुन्टिगढी गाउँपालिका संयाेजक गणेश गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा राेल्पा जिल्ला संयाेजक बालाराम बुढा,नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम,पार्टी जिल्ला सचिवालय सदस्य गाेपाल डाँगी, राष्ट्रिय युवासंघका केन्द्रीय सदस्यहरु प्रेम बिक,मीनबहादुर महरा,एमाले जिल्ला सदस्यहरु यामबहादुर दशाैदी,नेपबहादुर थापा,अमराज बस्नेत,युथ फाेर्सका केन्द्रीय सदस्य घनश्याम दशाैदीलगायतको सहभागिता थियाे ।

युवा संघ राेल्पाका सदस्य तथा रुन्टिगढी सह-ईन्चार्ज कृष्ण पुन (दिनेश)काे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन संघका पालिका सहसंयाेजक दिलिप बाँठामगरले गरेका थिए।

टिप्पणीहरू