‘भाउजू सांसद’ माओवादीमै फर्किनुको कथाः यसपल्ट पनि छाडेनन् ठेकेदार कमरेडले

‘भाउजू सांसद’ माओवादीमै फर्किनुको कथाः यसपल्ट पनि छाडेनन् ठेकेदार कमरेडले

बुटवलस्थित मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली अर्थात् ‘भाउजू सांसद’ बुधवार बिहानै हराइन् । हप्ता दिनअघि मात्रै चितवन हुँदै प्रदेशमन्त्रीको गाडीमा बुटवल पुगेकी उनी फेरि एकाएक माओवादी केन्द्रमै फर्किएकी छन्।

माओवादी केन्द्रको सम्पर्कमा ल्याउने ‘ठेकेदार कमरेड’ अर्थात् एकराज बस्नेत दोस्रोपल्ट पनि मुख्यमन्त्री शंकर पोखरेलको निवासबाट ‘भाउजू’लाई थुत्न सफल भएका हुन् ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं.– ५ बागडुई घर भएका बस्नेतले सांसद वलीलाई माओवादी केन्द्रको सम्पर्कमा ल्याएको बताइन्छ । ठेकेदार कमरेड लुम्बिनी प्रदेशसभा सदस्य बिमलाको चुनावी अभियानका अघोषित कमाण्डर जस्तै थिए।

नेकपा माओवादी केन्द्रको राजनीति गर्ने उनीे स्थानीय खोला तथा नदीमा हुने खोलाजन्य पदार्थको ठेक्कापट्टा गर्दछन् । आफ्नो फर्म नभएता–पनि साथीभाइको फर्म प्रयोग गरी बस्नेतले खोलाजन्य पदार्थको ठेक्कापट्टा गर्ने गरेको बताइन्छ। बिमला वलीले निर्वाचन जितेपछि सबैभन्दा नजिकका सल्लाहकार समेत उनै एकराज रहेका छन्।

एमालेका केही नेताले सांसद वलीलाई बुटवल लगेपछि माओवादीले सम्पर्क बिहिन रहेको सूचना जारी गरेको थियो । माओवादी केन्द्रले बस्नेतलाई प्रयोग गरी बिमलालाई मुख्यमन्त्री निवासबाटै फुत्काउन सफल भएको एमाले नेताहरुले आरोप लगाएका छन्।

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी रोजेकी बिमलाले त्यसको यही साता बिज्ञप्ती निकालेर एमालेमा फर्केको उल्लेख गरेकी हुन् । उक्त बिज्ञप्तीको मसी सुक्न नपाउँदै हिजो बिहानै फेरि माओवादीमै रहेको विषय सार्वजनिक भयो। र, लुम्बिनीको राजनीतिमा ‘भाउजू सांसद’ले अर्को हलचल ल्याइन् ।
श्रीमान् उत्तरकुमार वलीको निधनपश्चात प्रत्यक्ष निर्वाचन जितेर सांसद बन्ने अवसर पाएकी हुन् ।

टिप्पणीहरू