प्रचण्डको निवेदनउपर सुनुवाइ शुरु हुँदै

प्रचण्डको निवेदनउपर सुनुवाइ शुरु हुँदै

माओवादी छाडेर एमाले बनेका स्थानीय तहका जनप्रतिनिधिलाई जिम्मेवारीमुक्त गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको भ्याकेट निवेदनउपर सुनुवाइ हुन लागेको छ ।

मुध्दाको सुनुवाईका लागि सर्वाेच्चले ५ नम्बरको इजलाश तोकेको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराई,बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको पूर्ण इजलाशमा मुध्दाको पेशी तोकिएको छ ।

सर्वाेच्चको गत फागुन २३ को फैसलाले नेकपा फुटाएर माओवादी र एमाले पूर्ववत अवस्थामा फर्काइदिएपछि स्थानीय तहमा निर्वाचित वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमालेमा गएका थिए ।

पदमुक्त भएका प्रभु साहकी श्रीमती रीनालगायतलाई सर्वाेच्चले अन्तरिम आदेशमार्फत पुनर्वहाली गराएपछि प्रचण्ड उक्त आदेश खारेजीको माग राखेर अदालत पुगेका हुन् ।

टिप्पणीहरू