कताबाट टाउकोमा पस्यो किरो

४२ वर्षीया भारतीय महिला सेल्भी सधैंझैँ सुतिरहेकी थिइन् । मध्यराति नाक चिलायो । कन्याइन् र फेरि निदाइन् । बिहान ब्युँझँदा आँखा पोलेको र टाउको दुखेको महसुस गरिन् । एकछिनपछि टाउकोभित्र साङ्लो चल्दै गरेको चाल पाइन् । छोराले इन्जाम्बाकमस्थित नजिकैको अस्पताल लगे । स्टान्ली मेडिकल कलेजका चिकित्सकहरुले ४५ मिनेट लगाएर आँखा र मस्तिष्कको बीचभागमा चल्मलाइरहेको साङ्लो झिके । नाक, कान, घाँटी विशेषज्ञ एमएन शंकरको भनाइमा साङ्लो भित्र मरेको भए त्यसको असर मस्तिष्कमा पर्न सक्थ्यो । धन्न, त्यो जिउँदै रहेछ ।

टिप्पणीहरू