नेपालका सम्धीकोमा वार्ता निरन्तर

नेपालका सम्धीकोमा वार्ता निरन्तर

एमाले अध्यक्ष केपी शर्मा ओली एकातिर पार्टी एकताको कुरा गर्ने,अर्काेतिर माधव नेपाल पक्षधरबीच नै खेल्ने क्रम जारी छ । हर दिनजसो ओलीका स्थायी कमिटी सदस्यहरुको माधव नेपालसँग भेटवार्ता चल्दैछ ।

उपनेता सुवास नेम्वाङ र उपमहासचिव बिष्णु पौडेल त खट्नुभएकै हो, यस अलावा मंगलवारमात्र पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माहरुले माधव नेपालसँग भेट्नुभएको छ । वार्तास्थल हो माधव नेपालकै सम्धी पाल्पाली सांसद सोमप्रसाद पाण्डेको नागरिक लगानी कोषपछाडि नयाँ बानेश्वरस्थित निवास । वार्तामा माधव नेपालको एउटै अडान रह्यो सम्मानजनक एकता भए ठीकै छ नभए अरु विकल्प खुल्लै छन् ।

“उपनेता सुवास नेम्वाङ र उपमहासचिव बिष्णु पौडेल त खट्नुभएकै हो,  यस अलावा मंगलवारमात्र पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माहरुले माधव नेपालसँग भेट्नुभएको छ । “

हुन त यसअघि केपी ओलीलाई लिखित रुपमा यी यी बुँदामा मिल्न सकिन्छ भनेर दिइएको बताइन्छ । उता ओलीले भीम आचार्य र अष्टलक्ष्मी शाक्यसम्मलाई १ र ३ नम्बरको मुख्यमन्त्री बनाउने भनेर उधारो आश्वासन दिन भ्याएको चर्चा पनि महेश बस्नेतहरुबाट चलाइएको छ ।

“अष्टसँग बालकोटमा गतहप्ता एक दिन ४ घण्टा र अर्काे दिन छुट्टै दुई घण्टा छलफल भएदेखि उहाँ ओलीप्रति नरम हुनुभएको महेश बस्नेतले युवा संघ सचिवालयका पदाधिकारीहरुलाई बताएका छन् । “

अष्टसँग बालकोटमा गतहप्ता एक दिन ४ घण्टा र अर्काे दिन छुट्टै दुई घण्टा छलफल भएदेखि उहाँ ओलीप्रति नरम हुनुभएको महेश बस्नेतले युवा संघ सचिवालयका पदाधिकारीहरुलाई बताएका छन् ।

उता दुई पटकसम्म ओलीद्वारा विघटित प्रतिनिधिसभा सर्वाेच्चको परमादेशबाट ब्युँतिएको छ तर संसदले बिजनेश पाएको छैन । ५० औं विधेयक अलपत्र छन्,ती विधेयकउपर छलफल गर्न बैठक बस्नुपर्ने हाउस अनेकन नाममा हप्ता दिनसम्म धकेलेर अल्झाइराखिएको अवस्था छ ।

टिप्पणीहरू