ब्यथा लागेका सशस्त्र प्रहरी जवानको लाश भेटियो

ब्यथा लागेका सशस्त्र प्रहरी जवानको लाश भेटियो

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेका सशस्त्र प्रहरी बलका एक जवान आज मृत अवस्थामा फेला परेका छन् ।

बिहान करिब पौने ६ बजेको समयमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नम्बर १ बस्ने ३१ बर्षीय हरिशकुमार शाही कार्यालय परिसरमा मृल फेला परेका हुन् ।

शाही कार्यालयको परिसरभित्र उत्तर पट्टी कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो फेला परेको बताइएको छ । मिर्गीको ब्यथा रहेको बताइएका शाहीले मध्यपान पनि गर्ने गरेको खुलेको छ ।

उनको शव हाल पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टिप्पणीहरू