मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयो

मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयो

सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

प्रदेश -१ -०२-०४०प ६४०५ नम्बरको मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका-१७ पकली बस्ने ४० वर्षीया मीरादेवी साहको आज बिहान मृत्यु भएको हो ।

धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.१ त ९१४३ नम्बरको ट्र्याक्टरलाई को.१ ख ५४३० नम्बरको बसले ठक्कर दिँदा बिपरित दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकल बसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक साहको २५ वर्षीय छोरा बिमल साहको सोही अस्पतालमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू