उपेन्द्र यादवले मान्यता पाएकोमा कारण देखाऊ

उपेन्द्र यादवले मान्यता पाएकोमा कारण देखाऊ

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलामाउपर कारण देखाऊ आदेश दिएको छ ।

जसपामा तत्कालीन पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।

ठाकुरले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेजीको मागसहित सर्वोच्चमा दुईवटा रिट दायर गरेका थिए ।

टिप्पणीहरू