भारतीय ट्रकमा गाँजा ओसारपसार

भारतीय ट्रकमा गाँजा ओसारपसार

मकवानपुरमा १ सय २७ किलो लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।

मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध लागूऔषध गाँजासहित २ भारतीय र एक नेपालीलाई आज बिहान प्रहरीले समातेको हो ।

पक्राउ पर्नेहरुमा ट्रक चालक भारतको बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी,ट्रकमा सवार भारतको समस्तिपुर बस्ने १८ वर्षीय
किशोर र पर्साको वीरगन्ज महानगरपालिका-९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरीले जाँच गर्दा ट्रकको पछाडि ढालामा फल्स बटम बनाई लुकाई ल्याएको गाँजा फेला परेको हो ।

टिप्पणीहरू