चुट्नुसम्म चुटेर प्रहरीको रोहबरमा ल्याप्चे

चुट्नुसम्म चुटेर प्रहरीको रोहबरमा ल्याप्चे

२२ बर्षीय युवालाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जाजरकोटको जुनिचाँदे गाउँपालिका २ मास्कोटका अध्यक्ष रामबहादुर नेपाली विवादमा तानिएका छन् । हिजो कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेपछि उनले आजै माफी माग्नुपरेको छ ।

स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको र उक्त घटनालाई प्रहरीको रोहबरमा ढाकछोप गरेको भन्दै नेपालीमाथि स्थानीय युवा खनिएपछि प्रहरीको सहयोगमा आजै मिलापत्र गराइएको छ ।सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका थिए । मिलापत्रमा सर्ते नेपालीलाई नै दोषी बनाई ल्याप्चे लगाएर आफू उम्कन खोजेको स्थानीयको आरोप छ ।

टिप्पणीहरू