एमाले नेता झलनाथ खनालको दिल्लीमा मृगौला फेरियो

एमाले नेता झलनाथ खनालको दिल्लीमा मृगौला फेरियो

पूर्व प्रधानमन्त्री तथा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित अपोलो हस्पिटलमा २ घण्टाअघि गरिएको शल्यक्रिया सफल भएको हाे ।

डाक्टर सन्दिप गुलेरियाको सर्जरी टिम वहाँको उपचारमा सँलग्न थियो । नेता खनालले केहि समय अस्पतालमै रही आराम गर्नुहुने र स्वास्थ्य स्थिति सामान्य भएपश्चात नेपाल फर्किनुहुने बुझिएको छ ।

उहाँलाई ससुरालीतिरका नातेदारले किड्नी दान दिएका हुन् । उपचारार्थ उहाँ असार २ गते नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको थियो ।

टिप्पणीहरू