लागू औषधको कारोबार फेरि बढ्यो ब्राउन सुगरसहित एक जना पक्राउ

लागू औषधको कारोबार फेरि बढ्यो ब्राउन सुगरसहित एक जना पक्राउ

झापा गौरादह नगरपालिका १ गौरादहबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्णकुमार ताजपुरिया रहेका छन् ।

हिजो दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाइकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला पारेको थियो ।

पक्राउ परेका ताजपुरियालाई सोधपुछको क्रममा सो ब्राउनसुगर गौरादह २ का ३९ बर्षीय सुमनकुमार कार्कीबाट खरिद गरेको जानकारी गराएका थिए ।

उनकै जानकारीको आधारमा तत्कालै प्रहरीले कार्कीको घरकोठामा छापा मार्दा लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको हो । कार्की भने तत्काल फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू