माधवपक्षीय स्थायी समिति बैठकको बिस्तृत विवरण

माधवपक्षीय स्थायी समिति बैठकको बिस्तृत विवरण

‘ओलीपक्षीय गतिविधि तीव्र हुने, हाम्रोबाट शून्य गतिविधि हुने कुरा बेठीक भयो । एकताका लागि हामीले धेरै कुर्यौं,दुई दिनभन्दा बढी कुर्न सक्दैनौं अब’ अस्ति सोमबार अध्यक्ष केपी ओलीको भ्याकेट निवेदनमा उहाँले मागेबमोजिम सर्वाेच्च अदालतले फैसला सुनाउनुअघि भेला भएका माधव नेपाल पक्षधर स्थायी कमिटी अधिकांश सदस्यहरुको निष्कर्ष हो यो ।

अपरान्ह दुई बजे भेला भएर साँझ ६ बजेसम्म झण्डै चार घण्टा लामो चलेको छलफलमा माधवपक्षीय स्थायी कमिटीका सबै सदस्यहरु उपस्थित थिए,योगेश भट्टराई बाहेक ।

“अमृत बोहोराले चाहिँ गलत प्रवृत्तिसँग लत्रिएर,झुकेर गरिने एकता आवश्यक नभएको, आत्मसमर्पण गरेर एकता नहुने धारणा राख्नुभयो । “

योगेशको आमालाई कोरोना संक्रमण भएका कारण उहाँ कन्ट्याक्ट ट्रेसिंङमा पर्नुभएको छ । स्थायी कमिटीका अधिकांश सदस्यले दुई अध्यक्षको बराबर हैसियत,बराबरी अधिकार हुने भए मात्र एकतामा जाने अन्यथा अरु विकल्प बाँकी नै रहेको सुझाएका थिए ।

त्यहाँ उपस्थित घनश्याम भुषाल,भीम रावल,सुरेन्द्र पाण्डेहरुले पनि सम्मानजनक एकता मात्र गर्न सकिने राय राख्नुभयो । बैठकमा उपस्थित भीम आचार्य उग्र हुनुहुन्थ्यो । ‘हामीले सबै थोक गुमाएर भए पनि ओलीसँग सम्झौता गर्नुपर्दछ भन्दै एकताको कुरा राखिरहेपछि माधव नेपालले उहाँलाई रोक्दै सम्मानजक हुन्छ भने हुन्छ नभए बिकल्प खुला छ भन्नुभयो ।

“ओलीसँग हामीले गर्न खोजेको एकता कुनै सुगौली सन्धिजस्तो होइन । हामीले गुमाएर,लत्रिएर एकता गर्नुपर्दछ भन्ने छैन । हुन्छ भने सम्माजनक एकता हुन्छ,अन्यथा संसारमा कुनै पनि कुरा विकल्परहित हुँदैन ।”

“ओलीसँग हामीले गर्न खोजेको एकता कुनै सुगौली सन्धिजस्तो होइन । हामीले गुमाएर,लत्रिएर एकता गर्नुपर्दछ भन्ने छैन । हुन्छ भने सम्माजनक एकता हुन्छ,अन्यथा संसारमा कुनै पनि कुरा विकल्परहित हुँदैन ।”-माधव नेपालको भनाई थियो ।

भीम रावलले चाहिँ एकताको सम्भावना बाँकी नै रहेको सुनाउनुभयो । त्यहाँ बिहिबार मात्र ओलीसँग २ घण्टा छुट्टै छलफल गरेर फर्किनुभएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि उपस्थित हुनुहुन्थ्यो । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार उहाँले धेरै बोल्नुभएन ।

अमृत बोहोराले चाहिँ गलत प्रवृत्तिसँग लत्रिएर,झुकेर गरिने एकता आवश्यक नभएको, आत्मसमर्पण गरेर एकता नहुने धारणा राख्नुभयो । यसरी चार घण्टा लामो मन माझेर बाहिर निस्कँदा सर्वाेच्चबाट केपी ओलीले माग गरेबमोजिमको फैसला आइसकेको थियो । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका ४ जना माधव नेपाल पक्षधर सांसदको पद खोसिएको थियो ।

टिप्पणीहरू