बिच्छालाई नलगी नहुने म्याडमको पूरा भयो इच्छा

बिच्छालाई नलगी नहुने म्याडमको पूरा भयो इच्छा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सरुवामा आरजू देउवा हावी हुनुभएको छ । उहाँकै जोडबलमा घर जान तीन महिना मात्र बाँकी भएका जुनियर कर्मचारीलाई स्वास्थ्य सेवा विभागको हाकिम बनाएर पठाइएको छ । त्यहाँको नेतृत्व गरिरहेका सिनियर कर्मचारीलाई मन्त्रलयमा तानिएको छ ।

स्वास्थ्य सेवा विभागका हाकिम डा. दीपेन्द्ररमण सिंहलाई हटाएर त्यहाँ आरजुले आफ्नो मान्छे डा आरपी बिच्छालाई नियुक्त गराउनुभएको हो । मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारै त्यहाँ डा.आरपी बिच्छालाई नियुक्ति दिइएको छ । बिच्छा अबको तीन महिनापछि ०७८ कार्तिकमा उमेर हदका कारण घर जाँदैछन् । विभागले सोमबार नै उनलाई महानिर्देशक नियुक्तिको पत्र दिएको छ ।

उनी अहिले कान्ति बाल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट हुन् । १२ औं तहका कर्मचारीलाई हटाएर त्यहाँ ११ औं तहका डा.आरपी बिच्छालाई त्यहाँ पठाइएको हो । बिच्छा परिवार स्वास्थ्य महाशाखाको प्रमुख हुँदा कर्मचारीको भ्रमणदेखि विभिन्न भत्ता(टीएडीए)को भुक्तानी दिंदा घुुस मागेपछि कार्यालय सहयोगीदेखि चिकित्सकसम्मको उजुरीका आधारमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले हटाएका कर्मचारी हुन् ।

१२ औैं तहका डा.दीपेन्द्ररमण सिंहलाई मन्त्रालयमा तानी ११ औं तहका बिच्छालाई महानिर्देशक बनाइएसँगै उनीभन्दा सिनियर कर्मचारीहरु आगो भएका छन् । बिच्छाभन्दा माथि १० जनाभन्दा वरिष्ठ अधिकारीहरु छन् । तिनलाई पाखा लगाउँदै कनिष्ठलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो ।

घर जान लागेका कर्मचारीहरुलाई विभागको हाकिम बनाएर पठाउने चलन यसअघि थिएन ।

टिप्पणीहरू