महन्थको मुध्दा प्रकाश श्रीमानको बेन्चमा

महन्थको मुध्दा प्रकाश श्रीमानको बेन्चमा

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादवको पक्षमा पुगेसँगै निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वाेच्च अदालत पुगेको महन्थ ठाकुर पक्षको रिटको सुनुवाईका लागि आज न्यायाधीश प्रकाशमान सिह राउतको इजलासमा पेशी चढेको छ ।

गत १५ साउनमा निर्वाचन आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दायर गरेको भए पनि पटक पटक पेशी चढेको मुद्दा हेर्न नभ्याउनेमा परेको थियो । मुध्दाको सुनुवाई आज प्रकाशमान सिंह राउतको एकल इजलाशमा हुँदै छ ।

महन्थ पक्षधरले दायर गरेको रिटमा ०७८ असार १ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ।

टिप्पणीहरू