कस्ता–कस्ता सन्तान निस्कन्छन् कुलमा

नयाँ बानेश्वरस्थित होटल एभरेष्टसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । तर, मन्त्री र सचिव एक मुख लागेर भन्दैछन्, ‘गुपचूपमा भए पनि फाइल तलमाथि पारेर फलानोको पक्षमा मिलाइहाल्नु ।’ कम्पनी रजिष्ट्रार प्रेम श्रेष्ठ भन्दै छन्, ‘ज्यान जाला यस्तो काम गर्दिनँ ।’
यसरी एभरेष्टको स्वामित्व विवादमा मन्त्री नवीन्द्रराज जोशी र सचिव शंकर कोइराला एकातिर, भएभरका सहसचिव अर्कातिर हुँदा स्थिति असामान्य बनेको छ ।

अहिलेको कागजी अवस्थाअनुसार होटल एभरेष्टका सञ्चालक मस्कुर अहमद लारी र पत्नी नज्मा हुन् । ३६ वर्षअघि मस्कुरका काका मकबुल अहमदले होटल स्थापना गरेका हुन् । मकबुलका छोरा मुजाफर अहमदका नाममा ५० दशमलव चार प्रतिशत र मस्कुर तथा भाइका नाममा ४९ दशमलव ६ प्रतिशत शेयर अभिलेख कम्पनी रजिष्ट्रार कार्यालयमा छ । बाबुआमाको पहिल्यै निधन भएका कारण मस्कुरसहित उनका सात दाजुभाइको पालनपोषण मकबुलले नै गरेका थिए । त्यसै कारण भतिजहरूको नाममा बिनालगानी शेयर छुट्टयाएका हुन् ।

०६१ जेठ ४ गते मकबुलको निधन भयो । त्यसपछि मस्कुरले काकाको नाममा रहेको शेयर आफ्ना भाइहरूको नाममा नामसारि गराइदिए । मकबुलका छोरा मुजाफर बाबुको अरु व्यवसाय त हेर्थे, तर एभरेष्टको मामिलामा त्यति चासो राख्दैनथे । मस्कुरले कम्पनी रजिष्ट्रारमा ‘सेटिङ’ गरेर ०५० साल जेठ २ देखि २३ गतेभित्र होटलको सम्पूर्ण कारोबार मकबुलबाट खरिद गरेको अभिलेख दर्ज गरे । यो कुरा मुजाफरले बाबु बितेपछि मात्रै पत्तो पाए । कम्पनी रजिष्ट्रारमा उजुर गरे । तर, रजिष्ट्रार कार्यालयले नियमानुसार शेयर नामसारी भएको बताएपछि गए जिल्ला अदालत ।

अदालतले पनि आखिर कागजी अभिलेख न पत्याउने भयो † त्यही भएर उनले मुद्दा हारे । यसपछि पाटन पुनरावेदन गए । पुनरावेदनले पनि शुरु फैसला सदर गरिदियो । यसपछि अहिले यही मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तर, सर्वोच्चमा चलिरहेको मुद्दालाई बेवास्ता गर्दै उद्योग सचिव र मन्त्री मिलेर कम्पनी रजिष्ट्रार प्रेम श्रेष्ठलाई मुजाफरकै पक्षमा हुने गरी अभिलेख राख्न दबाब दिइरहेका छन् ।

मुजाफर अन्यायमा परेको कुरा बुझ्न कुनै आइतबार कुर्नुपर्दैन । तर, नियत खराब भएका मस्कुरले कागजात कानुनसम्मतझैँ देखिने गरी पहिल्यै मिलाइ सकेका छन् । पुरानो कागज जसले मिलाए पनि एकपल्ट सदर भएको कागजलाई बदर गर्दा विवाद हुन्छ । करोडौँ कारोबारको मामिलामा भोलि जाकिनुप¥यो भने मन्त्री र सचिव तानिँदैनन्, कम्पनी रजिष्ट्रार नै हो खोरमा जानुपर्ने । यही कुरा भन्दै सहसचिव तथा कम्पनी रजिष्ट्रार श्रेष्ठले कागज मिलाउन नमानेका हुन् । अर्को सहसचिव ल्याउन पनि खोजे । तर, त्यस्तो काम गर्न कसैले मानेका छैनन् ।
त्यसो त मस्कुर अहमद लारी लागुऔषधमा समेत मुछिएका व्यक्ति हुन् । ०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई सय ५० केजी चरेश फ्रयांकफर्ट विमानस्थलमा बरामद भएको थियो । त्यसबेला होटल एभरेष्टले जर्मन उड्ने यात्रुका लागि खानाको प्रबन्ध गथ्र्यो ।

खाना ओसार्दा मस्कुरले त्यही मेसोमा लागुऔषध छिराउने गरेको उजुरी जर्मन दूतावासले गरेपछि तानिएका हुन् । दूतावासको उजुरीअनुसार फ्रयांकफर्टमा लागुऔषध बरामद भएको थियो । अचम्म के छ भने, यो मुद्दा अदालत पुग्यो । काठमाडौं जिल्ला अदालतले ०६४ भदौ २८ मा भारतको पश्चिमबंगाल राज्य, कलकत्ता, अलिपुर कोनार्क गार्डेन– ६, बर्दबान रोड स्थायी ठेगाना भई कामपा– १० नयाँ बानेश्वर बस्ने मस्कुर अहमद लारी र लक्ष्मी कंसाकारविरुद्ध फैसला पनि ग¥यो । मस्कुर पुनरावेदन पुगे । पुनरावेदनले पनि शुस (शुरु सदर) ग¥यो । त्यसपछि उनी ‘दोहो¥याइपाऊँ’ निवेदनसहित सर्वोच्च पुगे । सर्वोच्चले मिसिल मगायो । तर, अहिले त्यो मिसिल सर्वोच्चमा पनि छैन ।

दुई तहको अदालतबाट मुद्दा हालेपछि त्यसको पुनरावेदन सर्वोच्चमा लाग्दैन । यस्तो भएपछि निस्सा पाउने आशमा मानिसहरू सर्वोच्चमा ‘दोहो¥याइपाऊँ’ निवेदन लिएर पुग्छन् । लारी पनि त्यसरी नै पुगेका हुन् । तर, त्यसअघि नै लारी र लक्ष्मी कंसाकारलाई पक्राउ गरी अदालतमा हाजिर गराउनु भनी जिल्ला अदालतले ०६६ पुस २० मा पुर्जी जारी गरेको थियो । तर, पक्राउ परेनन् । पाटन पुनरावेदनको चलानी नम्बर ५५९ बाट ०६९ माघ १५ मा मस्कुर र कंसाकारको तर्फबाट ‘दोहो¥याइपाऊँ’ मुद्दा धरौटी नं. ५० मा समावेश हुने गरी मिसिल सर्वोच्च गएको थियो । सर्वोच्चले ०६९ चैत ८ मा मिसिल बुझेको हो । तर, त्यो मिसिल अहिले कहाँ छ ? पत्तो छैन ।

उता, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा लासको चेकजाँच गर्ने फोरेन्सिक डाक्टर बिएन यादवलाई नियुक्त गर्न एमाओवादी नेताहरू मात्रिका यादव, उमेश यादव जोडतोडसँग लागिपरेका छन् ।

टिप्पणीहरू