गुरु भट्टराईलाई सरकारले सोध्यो ‘महाप्रबन्धक भएर आचरण विपरित काम गर्ने ?’

गुरु भट्टराईलाई सरकारले सोध्यो ‘महाप्रबन्धक भएर आचरण विपरित काम गर्ने ?’

सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सरकारी ओहोदामा बसेर निरन्तर आचरण विपरितका काम गरेकाले भट्टराईसङ्ग स्पष्टीकरण सोध्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

भट्टराई तिनै व्यक्ति हुन् जसले एमाले अध्यक्ष केपी शर्मा ओलीको गुणगान र भक्ति गाउँदै अन्य दलका शीर्षस्थ नेताहरुलाई आमचकारी गाली गर्दै आएका छन् । उनले रेल्वेको काममा कुनै प्रगति नगरे पनि दिनमा धेरै पटक सामाजिक सञ्जाल भने रंगाउँदै आएका छन् ।

गुरु भट्टराईले सामाजिक सञ्जालमा सबैभन्दा धेरै अपशब्द माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराई र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि पोखेका छन् ।

टिप्पणीहरू