कोरोनाबाट आज २४ को निधन

कोरोनाबाट आज २४ को निधन

पछिल्लो २४ घन्टामा कोरोनाबाट २४ जनाको ज्यान गएको छ भने ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३८ जनामा पीसीआर तथा ६ हजार ८० एन्टिजेन गरी १६ हजार ७ सय १८ जनामा परीक्षण गरिएको थियो ।

त्यस्तै आज १ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू