४१ वटा राजनीतिक दल सोत्तर

४१ वटा राजनीतिक दल सोत्तर

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । तीन बर्षसम्म पनि लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै आयोगले ती दलको दर्ता खारेज गरेको हो ।

आयोगले आज एक विज्ञप्ति सार्वजनिक गर्दै भोलिबाट लागू हुनेगरी आयोगमा दर्ता भएका ४१ दलको दर्ता खारेज गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दर्ता भएका दलहरुले आफ्नो पार्टीको आय-ब्यायको विवरण आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र पेश गर्नुपर्ने ब्यवस्था भएपनि तीन बर्षसम्म लेखापरिक्षण प्रतिवेदन नबुझाएकाले ती खारेजीमा परेका हुन् । खारेज भएका दलहरुले ५० हजार जरिवाना बुझाएर मात्रै अन्य पार्टीको सदस्यता लिन पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले खारेज गरेका दलका झण्डा, चुनाव चिन्ह र नाम एक बर्षसम्म अरुले प्रयोग गर्न नपाउने पनि बताइएको छ ।

योसँगै अब आयोगमा ९५ दल मात्र कायम भएका छन् ।

टिप्पणीहरू