बिनियमावली नफेर्न बिरोध कार्यक्रम

बिनियमावली नफेर्न बिरोध कार्यक्रम

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा बिनियमावली परिवर्तन नगर्न भन्दै बिरोध कार्यक्रम हुँदै आएका छन् । काठमाण्डौँ महानगरपालिका २८ भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा २०६१ सालको बिनियमावली परिवर्तन गरी २०७८ लागु गरेको भन्दै विरोध हुँदै आएको छ ।

नयाँ बिनियमावलीको कार्यालय भित्र हुँदै आएको विरोध प्रदर्शन श्रावण ७ गतेबाट कार्यालय प्रवेश द्वारमा धर्नासहित हुँदै आएको छ । जस अन्तर्गत आज पनि नयाँ बिनियमावलीले खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै बिहान करिब साढे १० बजेको समयबाट प्रदर्शन भएको हो ।

उक्त धर्ना कार्यक्रम एटिइएएनका अध्यक्ष यादव पनेरु,नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशी , नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष वीरेन्द्रलाल जोशीको नेतृत्वमा सम्पन्न भएको बताइएको छ ।

टिप्पणीहरू