पानीमा पनि राम्रै लगानी

जलविद्युत् क्षेत्रमा लगानी गर्ने स्वीकृतिको निम्ति परामर्श माग्दै गरेको नेपाली सेनाले शुद्ध खानेपानी (मिनरल वाटर) उत्पादनसम्बन्धी परियोजनामा समेत हात हाल्ने सुरसार झिकेको छ । सुन्दरीजललाई टार्गेट बनाएर यसनिम्ति सम्भाव्यता अध्ययन हुँदै गरेको बताइन्छ ।

उता, नेपालभरि वार्षिक ७० करोड बराबरको औषधि खपत गर्दै आएको पुरानो शाही औषधि लिमिटेडको व्यवस्थापन आफैंले लिएर सञ्चालन गर्ने प्रस्ताव भने अनुपयुक्त भन्दै जंगी अड्डाबाट उद्योग मन्त्रालयतिर फर्काइएको मन्त्री नवीन्द्रराज जोशी निकट स्रोतले बताएको छ । उक्त कारखानाबाट सेनाले निकै पहिले ९ करोड, नेपाल प्रहरीले १ करोड २० लाख, सशस्त्र प्रहरीले ९५ लाख बराबरको औषधि किन्ने गथ्र्यो ।

झण्डै २५० सप्लायर्स कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने र उत्पादनको गुणस्तरसमेत विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुरूप हुनुपर्नेजस्ता कठिन प्रावधानको कारण यस क्षेत्रमा हात हाल्नु घाटाको व्यापार हुने ठहरसहित प्रस्ताव अस्वीकृत गरिएको आशंका छ । बरु सेनाले आफ्नो कार्य प्रकृतिअनुरूप स्वदेशमै बिस्फोटक पदार्थ उत्पादन गरी विदेशसँगको परनिर्भरता घटाउने उपायतिर केन्द्रित हुन लागेको बुझ्न सकिन्छ ।

यसरी नै सेनामा कार्यरत नर्सलाई बीचमा शान्ति सेना जान वञ्चित गरिए पनि भाषिक र प्राविधिक ज्ञानका आधारमा निश्चित कोटा तोेकेर यस्तो अवसर पुनः प्रदान गर्न लागिएको बताइन्छ ।

टिप्पणीहरू