सेनामा नयाँ संस्कार, नयाँ हतियार

सेनामा नयाँ संस्कार, नयाँ हतियार

अवकासको दिन नजिकिँदै जाँदा प्रधानसेनापति पूर्णचन्द्र थापाको देश दौडाहा बाक्लिएको छ । सैनिक प्रचलनअनुसार अवकाशपूर्व देशका प्रमुख कमाण्डको बिदाई निरीक्षण गर्ने गरिन्छ । त्यो कामलाई अघिल्ला प्रधानसेनापतिहरूले कोेसेलीपात जम्मा पार्ने मौकाका रुपमा लिए ।

पूर्णचन्द्रले भने राम्रा कामलाई निरन्तरता दिन र विगतको समीक्षा गर्न सम्झाउने काममा केन्द्रित गर्नुभएको देखिन्छ । यसरी नै यही हप्ता पोखरा र इटहरीको भ्रमण सकिएको छ । त्यस्तै, नेपाली सेनाका सबै पल्टनको संख्या घट्ने–बढ्ने भइरहेको छ ।

संख्या घटेका ठाउँमा थप दरबन्दी स्वीकृत गराइँदै छ । दरबन्दी योजना अहिलेदेखि नै लागु भए पनि सबै काम सकिन पाँच वर्ष लाग्छ । कुनै पल्टन सात र कुनै आठ सय दरबन्दीका थिए भने अब सबैतिर साढे ६ सयमा कायम गरिनेछ । सेनाको देशका ७७ रै जिल्लामा गण र गण नपुग्ने साना तथा मनाङ, हुम्लाजस्ता हिमाली जिल्लामा स्थायी गुल्म मिलान गरिँदै छ ।

अनि, सेनाका अनेकथरिका पल्टनमा बेग्लाबेग्लै हतियार प्रयोग हुन्छन् । अब त्यसमा एकरुपता ल्याउने काम शुरु भएको छ । अहिले नेपाली सेनाले के टु सिरिजको २५ हजार थान कोरियन हतियार ल्याइसकेको छ । ‘नेपाल आर्मी भिजन २०३०’ सहित अत्याधुनिक हतियार व्यवस्थित गर्ने योजनामा सेना लागेको हो ।

पहिलाका इन्सास, एसएलआरजस्ता ७.६२ क्यालिबरको गोली लाग्ने हतियार (अमेरिकाको एमसिक्स्टिनजस्तै ५.५६ एमएमको) लाई स्तरोन्नति गर्दै कोरियाबाट नयाँ आयात गरिएको हो ।

टिप्पणीहरू